• २३ भदौ २०८३, मंगलबार
  • ७ः३८ बिहान

सुवर्ण ज्वारचनले लिनुभयो सांसदको शपथ

प्रकाशित मिति

२०७७ श्रावण ४ गते, आईतवार ०४:४८

काठमाडौँ, प्रतिनिधि सभातर्फ रिक्त रहेको सांसद पदको गुल्मीका सुवर्ण ज्वारचनले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले सिंहदरबारमा आयोजित कार्यक्रममा उहाँलाई शपथ खुवाउनुभएको उहाँका प्रेसविज्ञ श्रीधर न्योपानेले जानकारी दिनुभयो ।

National Life

नेपाली काँग्रेसका समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि सो पद रिक्त थियो । सांसदको निधन भएमा पार्टीले निर्वाचन आयोगमा बुझाएको सोही समावेशी समुह अन्तर्गत बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति सांसद पाउने व्यवस्थाअनुसार ज्वारचन सांसद बन्नुभएको हो । काँग्रेसले बुझाएको बन्दसूचीको पहिलो नम्बरमा ज्वारचनको नाम उल्लेख थियो ।

प्रतिकृया