• ४ साउन २०८३, सोमबार
  • ३:२४ बिहान

माता पाथीभरा वैष्णोदेवीको मन्दिरमा गिता बस्नेतको संयोजत्वमा भजन समूह गठन

प्रकाशित मिति

२०७७ श्रावण ४ गते, आईतवार ०८:५२

 

भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ७ ( गुण्डू) स्थित माता पाथीभरा वैष्णोदेवी मन्दिरमा हरेक एकादशीका दिन लगाइने एकदशी महात्म्यको लागि भजन समूह गठन गरिएको छ । श्रीमद्भागवत तथा गौसंरक्षण केन्द्रका प्रमुख संरक्षक तथा १०८ भागवत वाचक अरबिन्द्र शास्त्रीको विशेष उपस्थितिमा शुक्रवार गीता पण्डित बस्नेतको संयोजकत्वमा १३ सदस्यीय भजन समूह गठन गरिएको हो ।

Kamana Sewa

उक्त समितिमा कोषाध्यक्ष रुपा कार्की, सचिव उमा बस्नेत, सहसचिव पूर्णिमा पुलामी मगर, सदस्यमा गमला बस्नेत, कृष्णमाया गाईसी, पवित्रा बस्नेत, ईश्वरी विष्ट, लक्ष्मी कार्की, मीनबहादुर सुनुवार, मञ्जु थापा, मनिषा खड्का र मिना थापा रहनु भएको छ ।

Classic Tech Desktop

उक्त समितिमा अम्बिका बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय सल्लकार समिति चयन भएको छ । सल्लाकार समितिको सदस्यमा अर्जुन बस्नेत, बच्चुराम बनेत (उमेश), विमला विष्ट, ज्ञानमाया श्रेष्ठ मगर रहनु भएको माता पाथीभरा मन्दिर व्यवस्थापन समितिले जनाएको छ । उक्त समितिले हरेक एकादशीका दिन हुने एकादशी महात्म्यमा विभिन्न भजन गाउने व्यवस्था गर्नेछ । भजन समितिका संयोजक गिता बस्नेतले भजनलाई प्रभावकारी बनाउने गरी आफूहरुले काम गर्ने बताउनुभयो ।

प्रतिकृया