• २१ भदौ २०८३, आइतबार
  • ४ः४० बेलुका

सुन तोलाको लाख नजिक, किन यसरी महंगियो ?

प्रकाशित मिति

२०७७ असार ३१ गते, बुधबार ०७:३९

 

National Life

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले रेकर्ड तोड्न अझै बाँकी छ। तर नेपाली बजारमा असार लागेदेखि नै लगातार नयाँ उचाइको कीर्तिमानी स्तर पार गर्दै आएको छ। अन्तिमपटक २५ असारमा सुनको भाउ तोलाकै ९२ हजार ४ सय रुपैयाँ पुग्यो। दुई दशक अघिसम्म नेपालमा ‘साउनमा सुन किन्नू’ भन्ने गरिन्थ्यो। तर अहिले परिस्थिति फेरिएको छ।

साउने सक्रान्तिको पूर्वसन्ध्यामा नेपाली सुन पसल बन्द प्रायः छन्। अत्यावश्यक पर्नेलेबाहेक सुन किनेका छैनन्। या त, भण्डारण गर्ने अर्थात् सुनमा लगानी गरेर सञ्चित गर्नेले अहिले सुन किनिरहेका छन् ।

Classic Tech Desktop

नेपालमा ९० प्रतिशतभन्दा बढी सुनको व्यापार गरगहनाको प्रयोजनमा हुने गर्छ। तर अहिले गरगहना किन्नेभन्दा बेच्ने बढी भएको व्यावसायिको गुनासो छ। सामान्य अवस्थामा तोकिएको बिक्री मूल्यमै वा त्यसभन्दा ५ सयदेखि एक हजार रुपैयाँ सस्तोमा उपभोक्ताबाट बिक्रेताले सुन किन्ने गरेका थिए। तर अहिले ५ प्रतिशत मूल्य ह्रास कटाउने गरेको व्यवसायीले नै बताएका छन्।

आर्यको संस्कृतिसँगसमेत जोडिएको पहेँलो धातुको मूल्य यसरी आकासिनुको एउटै कारण हो–कोरोना। सन् २००८ बाट सुरु भएको वित्तीय संकटका बेला अन्तर्राष्ट्रिय बजारमा चुलिएको सुनको भाउ सन् २०११ को अन्त्यतिर कीर्तिमानी उचाइमा पुगेको थियो। त्यसबेला प्रतिऔंस १८९० अमेरिकी डलर पुगेपछि ओरालो लागेको यो बहुमूल्य धातुको माग अहिले सर्वाधिक बढेको छ। सोमबार १८०२ डलर पुगेको सुनको मूल्य मंगलबार थप चार डरले बढेको छ । यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिकृया