• २२ भदौ २०८३, सोमबार
  • १ः१८ राती

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ असार २८ गते, आईतवार ०५:१४

 

National Life

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनमा कोरोना भाइरस संक्रमण भएको छ ।

अभिनेता बच्चनले आफूमा कोरोरा भाइरसको संक्रमण भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन । उनले कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको बताएका छन् ।

Classic Tech Desktop

‘ममा कोेरोना पोजेटिभ देखिएको छ, हस्पिटलमा सिफ्ट भएको छु,’ अमिताभले ट्वीटर तथा फेसबूकमार्फत जनाएका छन् । मुम्बईको एक अस्पतालमा उनको कोरोना परीक्षण गरिएको थियो ।

अमिताभको परिवार र स्टाफको कोरोना परीक्षण गरिएको छ । उनीहरुको नतिजा अझै नआएको बच्चनले जनाएका छन् ।

पछिल्लो समय अमिताभ फिल्म ‘गुलाबो सिताबो’ मा देखिएका थिए । उक्त फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो ।

उनको ट्वीटपछि बलिउड सेलिब्रेटी र फ्यानले स्वाथ्यलाभको कामना गरेका छन् ।

प्रतिकृया