• २२ भदौ २०८३, सोमबार
  • ६ः२६ बेलुका

लकडाउनको अवधिमा भारतबाट झण्डै तीन लाख र अन्य मुलुकबाट २३ हजार नेपाली स्वदेश फर्किए

प्रकाशित मिति

२०७७ असार २७ गते, शनिबार ०५:३५

 

National Life

काठमाडौं । झण्डै चार महिनाको लकडाउन समय अवधिमा भारतबाट झण्डै तीन लाख र अन्य मुलुकबाट २३ हजार नेपाली स्वदेश फर्किए छन् ।

हाल सम्म विदेशबाट नेपाली आउने क्रम जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने क्रममा हिजो साँझ प्रस्तुत गरेको तथ्यांकमा अन्य मुलुकको तुलनामा भारतबाट निकै बढी नेपाली स्वदेश फर्किएका छन् ।

Classic Tech Desktop

प्रधानमन्त्रीका अनुसार लकडाउन अवधिभर अहिलेसम्म भारतबाट स्वदेश फर्किएका नेपालीको संख्या २ लाख ८८ हजार ८ सय ६४ छ । अन्य मुलुकबाट भने २३ हजार २ सय ५४ जना फर्किएका छन् । अन्य मुलुकको तुलनामा भारतबाट मात्र आठ गुणा बढी नेपाली स्वदेश फर्किएका छन् ।

भारतसँग नेपालको भौगोलिक र सांस्कृतिक सहजतासँगै समानताले पनि आवतजावत सजिलो भएको हो । नेपालीहरु ठुलो संख्यामा भारतमाा काम, अध्ययन, स्वास्थ्योपचार लगायतका कामका लागि भारत जाने गरेका छन् ।

प्रतिकृया