• २२ भदौ २०८३, सोमबार
  • १ः१४ राती

गुरुङ र खनाल मृत्यु प्रकरणमा सात जना पक्राउ

प्रकाशित मिति

२०७७ असार २६ गते, शुक्रबार ०९:४२

 

National Life

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुईजना व्यक्तिको शङ्कास्पद मृत्युका विषयमा अनुसन्धान गर्न सात जनालाई नियन्त्रणमा लिएको छ ।

भरतपुर महानरपालिका–१० मा बोरामा पोको पारेर फालिएका भरतपुर महानगर वडा नम्बर १४ का राजकुमार गुरुङको हत्याको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।

Classic Tech Desktop

थापाका अनुसार गुरुङको परिवारको किटानी जाहेरीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । यस्तै भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा आफ्नै बारीमा मृतावस्थामा भेटिएका २७ वर्षीय सञ्जय खनालको मृत्यु प्रकरणमा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

खनालको हत्या गरेको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिइएको भए पनि एक जनालाई निगरानीमा राख्ने गरी छाडिएको थापाले बताए । खनाल यहि असार १८ गते आफ्नै बारीमा मृत अवस्थामा भेटिएका थिए ।

प्रतिकृया