• २६ भदौ २०८३, शुक्रबार
  • ५ः५९ बिहान

ढुंगा हानी हत्या गर्ने एक जना भक्तपुरबाट पक्राउ

प्रकाशित मिति

२०७७ असार १५ गते, सोमबार ०३:०९

भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. ४ गहिटीबाट आपसी विवाद हुँदा ढुंगाले टाउकोमा प्रहार गरी हत्या गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय ईन्द्र बहादुर तामाङ रहेका छन् ।

National Life

गहिटीको पाटीमा परिचय नखुलेको अन्दाजी बर्ष ४५ को जडिबुटी उपनामले चिनिने कृष्ण तामाङ मृत अवस्थामा फेला परेको र महानगरीय प्रहरी परिसर भक्तपुर कार्यालयबाट प्रहरी निरीक्षक भगवती तिमल्सिना र अपराध महाशाखाबाट प्रहरी निरीक्षक किशोर ढुंगानाको संयुक्त अनुसन्धान टोली घटनास्थलमा खटी अनुसन्धान गर्दा मृतकको टाउको, निधार र चिउडोमा चोट लागेको देखिएको थियो ।

उनको हत्या भएकाले अपराधिलाई खोजतलास गर्ने क्रममा सिन्धुली जिल्लाका हाल लाम्पानटार गा.वि.स. वडा नं. ६ हाल जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका घर भई हाल सोही गहिटी एरियामा बसी ज्याला मजदुरी काम गर्ने ३० वर्षीय ईन्द्र बहादुर तामाङले आपसी विवाद हुँदा ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरिएको खुलासा भएको छ । तामाङलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरी परिसरले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया