• २१ भदौ २०८३, आइतबार
  • १२ः०८ दिउँसो

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

प्रकाशित मिति

२०७७ असार ३ गते, बुधबार ०९:०८

 

National Life

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान सवा ४ बजेतिर पहिरो गएको हो ।

Classic Tech Desktop

अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।

उनका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया