• २७ भदौ २०८३, शनिबार
  • ८ः४३ बिहान

तरकारी खाल्डोमा पुरिएको घटनामा राजनीतिक दल र नागरिक समाजको ध्यानाकर्षण

प्रकाशित मिति

२०७७ जेष्ठ २३ गते, शुक्रबार ०८:२१

पोखरा, पोखरा महानगरपालिका वडा नम्बर १५ मा क्रियाशिल विभिन्न राजनीतिक दलहरुले चार गाडी तरकारी खाल्डोमा पुरिएको घटनाले आफूहरुलाई लज्जित बनाएको बताएको छन् । उनीहरुले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको छानविन गरि दोषीमाथि कारवाही र क्षतिपूर्ति व्यवस्थाको माग पनि गरेका छन् ।

National Life

‘विश्व स्वास्थ्य संगठनले खाद्य पदार्थ र तरकारीजन्य बस्तुबाट कोरोना सर्दैन भनेको बेला राजनीतिक दल, नागरिक समाजसँग सरसल्लाह नै नगरि भीड र प्रतिशोध लहलहैमा पोखरा–१५,अमिनतारमा खाल्डोमा तरिकारी पुरिएको घटनाले हामी वडाबासीहरु देशभर लज्जित हुनुपरेको छ’,विज्ञप्तिमा भनिएको छ,‘कृषि उत्पादन र खाद्यान्नसम्बन्धिन यो विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ , अब आइन्दा यस्तो कार्य नगर्ने प्रतिवद्धता र क्षतिपूर्तिको व्यवस्था गरियोस् ।’

वडा नम्बर १५ का वडा अध्यक्षकै अगुवाईमा तरकारी पुरिएको थियो । विज्ञप्तिमा नेपाली कांग्रेस वडा नम्बर १५ का अध्यक्ष टोपबहादुर थापा,राष्ट्रिय प्रजातन्त्र पार्टीका घनश्याम गौतम,जनता समाजवादीका जसबहादुर गुरुङ,विकेकशीलका चिरञ्जीवि बराल,नेपाली कांग्रेस विपीका डम्बरबहादुर बानियाँ, राप्रपाका रोमबहादुर भण्डारी, समाजवादीका पानबहादुर घर्ती,राष्ट्रिय जनमुक्ति पार्टीका प्रेम दर्लामी,राष्ट्रिय जनमुक्ति पार्टीका लोकबहादुर जर्घामगरसहित मीनबहादुर गिरि, नरेश थापा,ईन्द्रबहादुर छन्त्याल,ऋषिराम काफ्लेलगायतले हस्ताक्षर गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया