• १ असोज २०८३, बिहीबार
  • ५ः४७ बेलुका

प्रधानमन्त्री ओलीको गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति

२०७७ जेष्ठ १५ गते, बिहीबार ०६:०८

काठमाडौँ, गणतन्त्र दिवसकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीको ‘बन्छ नमूना नेपाल’ बोलको गीत सार्वजनिक गरिएको छ । भिडियोसहित युट्युवबाट सार्वजनिक गरिएको गीतमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा सङ्गीत विभाग प्रमुख अशोककुमार राईको संगीत रहेको छ ।

National Life

देशप्रेम, विकास र समृद्धिको सपना झल्किने गीतमा सञ्जय तुम्रोक, दुर्गा परियार र श्रेयसी चेम्जोङको स्वर रहेको छ । ‘स्वदेशमै रोजगारी स्वेशमै बास रोजिँदैन प्रवास अब गर्ने देश विकास खेर जान्नन् नदी नाला बाँझा हुन्नन् डाँडापाखा यो उर्वर सुन्दर देश वाङ्मयका विविध विधा साहित्य, कला, संस्कृति, सङ्गीत, इतिहास, दर्शन, सामाजिक शास्त्र लगायत विषयमा गहिरो रुची र ज्ञान राख्ने प्रधानमन्त्री ओली विद्यार्थी जीवनदेखि नै प्रगतिशील भावका कविता लेख्नुहुन्थ्यो । उहाँका दर्जनौँ कविता तथा गीत प्रकाशित छन् ।

प्रस्तुत गीतमा विदेशको रोजगारीमा रहेका नेपाली जनशक्तिलाई स्वदेश फर्काएर मुलुकको विकास गर्न सकिन्छ भन्ने भावधारा पाइन्छ । मे दिवसकै सन्दर्भमा वैशाख २० गते प्रधानमन्त्री ओलीले लेख्नुभएको गीतमा देश विकास र समृद्धिप्रतिको सुन्दर सपना र सङ्कल्प प्रष्टसँग कुँदिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया