• २९ भदौ २०८३, सोमबार
  • ९ः१५ बिहान

दक्षिणकाली नगरपालिकाको निर्णय, अत्यावश्यक सामान विक्री वितरण गर्ने पसल बिहान ४ देखि १० बजेसम्म मात्र खोल्ने

प्रकाशित मिति

२०७७ जेष्ठ १ गते, बिहीबार ०१:११

काठमाडौं, दक्षिणकाली नगरपालिकाले अत्यावश्यक सामाग्री विक्री वितरण गर्ने पसल बिहान ४ बजेदेखि बिहान १० बजेसम्म मात्र खोल्न स्थानीयलाई आग्रह गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्दै खाद्यान्न ढुवानी गर्ने सवारी साधन बिहान ३ बजेदेखि मध्यान्न १२ बजेसम्म मात्र सञ्चालन गर्ने, निर्माण सामाग्री ढुवानी गर्ने साधनहरु साँझ ६ः ३० बजेदेखि विहान ६ बजेसम्म मात्र सञ्चालन गर्न स्थानीयमा आग्रह गरिएको छ । नगरपालिका भित्र सञ्चालन हुने व्यवसायिहरुले नेपाल सरकारले तोकिएको सामाजिक दुरी कायम गरी ग्राहकहरु उभिने घेरा बनाउने, स्यानिटाइजर प्रयोग गर्ने, हात धुन साबुन पानीको व्यवस्था गरी कोरोना भाइरसको सङ्क्रमण नहुने गरी विकास निर्माणको काम गर्न सबैमा नगरपालिकाले आग्रह गरेको छ ।

National Life

अत्यावश्यक सामाग्री विक्री वितरण गर्न संभव भएसम्म पाकेट बनाइ विक्री वितरण गर्ने व्यवस्था मिलाउन नगरपालिकाले स्थानीय सबैलाई आग्रह गरेको नगर प्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।  बुधवार बसेको नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यस नगरपालिकाको नाका हुँदै काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनको चेकजाँच सहजिकरणका लागि नगरपालिकाले फपिङ, बसपार्क, हुमाने भञ्ज्याङ, राम्चे चञ्ज्याङ, खहरे चाल्नाखेलमा हेल्पडेक्स स्थापना गरिएको आवश्यकता अनुसार उक्त स्थानमा थप जनशक्ति समेत परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै कोरोना भाइरसबाट सिर्जित समस्याको समाधानका लागि नगरपालिकामा कल सेन्टर स्थापना गर्ने निर्णय गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया