• २६ भदौ २०८३, शुक्रबार
  • ७ः४२ बेलुका

सशस्त्र प्रहरीको टोली दार्चुलाको छाङरुमा

प्रकाशित मिति

२०७७ बैशाख ३१ गते, बुधबार ०५:०३

काठमाडौं, सशस्त्र प्रहरीको टोली दार्चुलाको छाङरु पुगेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा स्थापना गरिने बीओपीका लागि आवश्यक बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरीको टोली छाङरु पुगेको हो।

National Life

नेपाली सेनाको हेलिकप्टरमा आज बिहान काठमाडौंबाट गृहमन्त्रीका सुरक्षा सल्लाहाकार प्रा.डा. इन्द्रजित राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहितको टोली दार्चुला प्रस्थान गरेको थियो।

दार्चुला सुदरमुकाम खलंगाबाट २ चरणमा गरि टोली व्यास गाउँपालिका–१ छाङरुमा पुगेको हो ।व्यास गाउँपालिका–१ मा नै पर्ने कालापानी, लिपुलेक भन्दा करीब १८ किलोमिटर वरै बीओपी राख्न लागिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया