• २१ भदौ २०८३, आइतबार
  • १२ः५० दिउँसो

लकडाउन उल्लङ्घन गर्ने ५ सय ६० जना पक्राउ

प्रकाशित मिति

२०७७ बैशाख २१ गते, आईतवार ०१:०४

काठमाडौँ, आज बिहान ७ बजेसम्ममा लकडाउन उल्लङ्घन गर्ने उपत्यकाबाट ५ सय ६० जनालाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । काठमाडौँबाट ४ सय ३० जना र ललितपुरबाट १ सय ३० जना गरी ५ सय ६० जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

National Life

लकडाउन उल्लङ्घन गर्नेहरुलाई दुई घण्टा नियन्त्रणमा लिएर फर्काइने गरेको छ । यसैबीच काठमाडौँमा भएका दुई वटा दुर्घटनामा दुई जना घाइते भएका छन् । शनिबार बेलुकी साढे ९ बजेतिर बुढानिलकण्ठ वडा नम्बर–११, कपन मन्दिर नजिकै बा ९१ प ७१०८ नम्बरको स्कुटर दुर्घटना हुँदा संखुवासभाको खाँदबारी–३ घर भइ कपन गैरीगाउँ बस्दै आएका तेन्जिङ्ग तामाङ घाइते भएका प्रहरीले जनाएको छ । उहाँको हेल्पिङ ह्याण्ड्स अस्पताल चाबहिलमा उपचार भइरहेको छ ।

यस्तै काठमाडौँ कलंकीमा प्रदेश ३ ०२००४ प ९९९७ को मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी पैदलयात्री घादिङ गजुरी गाउँपालिका वडा ६ की रिता भुजेलको शहीद मेमोरियल अस्पतालमा कलंकीमा उपचार भैरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया