• २५ भदौ २०८३, बिहीबार
  • ३ः१२ दिउँसो

बालकोट आसपास बसोवास गर्ने मजदुर र विद्यार्थीलाई स्थानिय युवाद्धारा राहत वितरण

प्रकाशित मिति

२०७७ बैशाख २० गते, शनिबार ०२:४१

भक्तपुर, भक्तपुर सुर्यविनायकका युवाहरुले बालकोटमा दैनिक ज्याला मजदुरी गरि खाने मजदुर र कोठाभाडामा बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् ।लकडाउनको कारण मजदुर र विद्यार्थीहरुलाई दैनिक गुजारा चलाउनै नसक्ने अवस्थामा पुगेपछि बालकोटका युवाहरुको पहलमा खाद्यान्न सामग्री वितरण गरेको हो ।

National Life

बालकोट युवा समुहले सुर्यविनायक नगरपालिका वडा नम्वर २ र ३ र १ मा कोठाभाडामा बस्ने करिव ११ सय परिवारलाई टोल टोलमा पुगेर खाद्यान्न वितरण गरेका थिए ।उनीहरुले बालकोटस्थित महेन्द्रशान्ति बिद्यालयमा मुल भण्डार राखी बिभिन्न १७ स्टेशनबाट खाद्यान्न सामग्री वितरण गरेका छन् ।

लकडाउनको समयावधी पटक पटक थपिएपछि बालकोट युवा समाजले प्रति परिवार १५ केजी चमल, १ केजी दाल, नुन,तेल,चियरा चाउचाउ लगाएतका खाद्यान्न उपलव्ध गराएको युवा समुहका संयोजक रवि राणाले जानकारी दिनुभयो । राहत पाएपछि कोठा भाडामा बस्ने मजदुर र बिद्यार्थीहरुको केहिदिन भएपनि दैनिकी सहज भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

खाद्यान्नको न्यायोचित बितरणका लागि टोलटोलमा पुगेर ५० जना स्वयंसेवकले अभावमा परेका परिवारको नामावली संकलन गरेका थिए बालकोटका युवाहरु सुवास कार्की,चन्द्र श्रेष्ठ,जयराज पौडेल,सुदन अधिकारी ,दिपेश श्रेष्ठ,प्रद्युम्न कार्की लगायतका २५ जना युवाको सकृयतामा दाताहरुबाट खाद्यान्न सामग्री संकलन गरेका थिए । लकडाउनको समयावधी बढेसँगै उपत्कामा दैनिक ज्याला मजदुरी गरि खाने बर्ग प्रत्यक्ष मारमा परेका छन् ।

प्रतिकृया