• २२ भदौ २०८३, सोमबार
  • २ः०२ राती

व्यवसायी सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी माग

प्रकाशित मिति

२०७७ बैशाख १८ गते, बिहीबार ०४:३६

काठमाडौं, कालोबजारी आरोप लागेका व्यवसायी सुलभ अग्रवालसँग काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालको मुद्दा बिहीबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा सुनुवाई भएको थियो ।

National Life

व्यवसायी अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बेच्न खोजेको भन्दै प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले चैत २५ गते नक्सालबाट पक्राउ गरेको थियो । उनीविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही गर्न जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।

कालोबजारी ऐन अन्तर्गतको १ वर्षसम्म कैद हुने मुद्धा जिल्ला प्रशासन कार्यालयले हेर्ने कानूनी व्यवस्था भए पनि जिल्ला सरकारी वकिल कार्यालयले अग्रवालविरुद्ध १ वर्ष भन्दा बढी कैद सजाय माग गरेकाले मुद्धा जिल्ला अदालतमा दर्ता भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया