• २७ भदौ २०८३, शनिबार
  • ४ः०७ बिहान

इन्सेकद्वारा चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति

२०७७ बैशाख १७ गते, बुधबार ०५:२०

रमेश गिरी
भक्तपुर, इन्सेक वागमती प्रदेश कार्यालय हेटौडाले भक्तपुरको चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण रोक्ने सहयोग पुर्याउने उदेश्यले आज नगरपालिकाको कार्यालयमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो । कार्यालयमा इन्सेक वागमती प्रदेश संयोजक कृष्ण गौतम, इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले संयुक्त रुपमा चारथान थर्मल गन र ५०० सर्जिकल मास्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनालाई हस्तान्तरण गर्नुभएको हो ।

National Life

कार्यक्रममा गौतमले इन्सेक प्रदेश कार्यालयले कियोस परियोजना अन्तर्गत कोरोना भाइरसको संक्रमण रोकथामका लागि चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो ।  कोरोना भाइरस संक्रमण रोकथामका लागि सबैको भूमिका उत्तिकै महत्वपूर्ण रहने बताउदै उहाँले जुन ठाउँमा जे आवश्यकता छ, त्यही कुरा पुर्याउन सके र सबैले एकजुट भएर लागे कोरोना बिरुद्धको लडाईमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो । इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले संविधानले परिकल्पना गरेको अधिकारलाई स्थापित गराउदै समस्याको पहिचान र समाधानको पहलमा सक्रिय रहेको बताउनुभयो ।

स्थानीय निकायसंगको समन्वय र सहकार्यलाई निरन्तरता दिदै जाने बताउदै उहाँले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खाद्य, आवास अधिकार संरक्षणको लागि सहयोगात्मक भूमिका निर्वाह हुदै जाने भनाई राख्नुभयो । इन्सेक अन्तर्गत कियोस परियोजनाकी सुभेच्छा खड्काले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सात प्रदेशको परियोजना संचालनमा रहेका पालिकाहरुमा आवश्यकता अनुसारको सामाग्री प्रदान गरिने बताउदै चाँगुनारायण नगरपालिकाबाट यसको सुरुवात भएको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनाले नगरपालिकामा १० वटा स्वास्थ्य संस्था रहेको जानकारी दिदै थर्मल गनको अभावलाई इन्सेकको सहयोगले ठूलो टेवा प्ुगेको बताउनुभयो । नगरपालिकाका सबै स्वास्थ्य केन्द्रलाई तीन सेटका दरले सुरक्षा कवच (पिपिई), मास्क, पञ्जा, औषधिहरु आवश्यक मात्रामा वितरण गरेको जानकारी दिनुभयो । बजारमा अभाव र अति मंहगो रहेको थर्मन गन कुनै पनि स्वास्थ्य केन्द्रलाई दिन नसकिएको अबस्थामा इन्सेकले थर्मल गन र मास्क उपलब्ध गराउँदा तत्कालै थर्मल गनबाट शरीरको तापक्रम नाप्न सुरु गरिने बताउनुभयो ।

नगरपालिका भित्र रहेको अन्य ६ वटा स्वास्थ्य केन्द्रलाई पनि नगरपालिकाले थर्मल गन खरिद गरी पठाउने तयारी गरेको जानकारी दिदै उहाँले प्रत्येक स्वास्थ्य केन्द्रमा असारसम्मका लागि पुग्ने औषधि लगायतका स्वास्थ्य सामाग्री पठाइएको बताउनुभयो ।

प्रतिकृया