• २७ भदौ २०८३, शनिबार
  • ४ः५९ बिहान

राहत लिन जाँदा प्रहरीको कुटाइबाट कानको जाली नै फुट्यो

प्रकाशित मिति

२०७७ बैशाख १७ गते, बुधबार ०५:५७

जनकपुर, राहत लिन जाँदा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपीट गरेको आरोप लागेको छ । लकडाउनको कारण विपन्न, गरिब तथा ज्यालादारी मजदुरहरुको घरमा चुल्हो बल्न छाडेपछि स्थानीय सरकारले वितरण गर्न थालेको खाद्यान्न सामग्री लिन पुगेका एक व्यक्तिलाई प्रहरीले निर्घात कुटपिट गरी कानको जाली फुटाइदिएको आरोप लागेको हो ।

National Life

जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर–४ मा वितरण गर्दै आएको राहत लिन पुगेका भारतको विहार निवासी सुजित साहले प्रहरीले आफूमाथि कुटपीट गरेको आरोप लगाएका छन् । जनकपुरधाममा लामो समयदेखि ठेला चलाएर आफ्नो गुजारा गर्दै आएका साहलाई लकडाउनले समस्या परेकाले उनी पनि राहत सामग्री लिन तिरहुतीय गाछी आइपुगेका थिए । त्यहाँ प्रहरीले भिड नियन्त्रण गर्ने क्रममा उनीमाथि एक्कासी आएर लाठी प्रहार गरेको थियो ।

प्रहरीले लाठी चार्ज गर्दा आफ्नो टाउको र कानमा चोट लागेर रगताम्य भएको र कानको जाली फुटेर सुन्न सक्ने क्षमता नै गुमाएको उनले जानकारी दिए । प्रहरीको लाठी चार्जबाट बेहोस भएपछि प्रहरीले नै उनलाई पाण्डे मेडिकल पु¥याएको थियो भने सामान्य उपचार पछि औषधी दिएर पठाएको पीडित साहले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया