• २१ भदौ २०८३, आइतबार
  • २ः२० दिउँसो

लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक जारी

प्रकाशित मिति

२०७७ बैशाख १३ गते, शनिबार १२:१५

काठमाडौं, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि हाल नेपाल लक डाउनमा छ । लक डाउनको आज ३२ औं दिन हो । सोमबार राति १२ बजेबाट नेपालमा लकडाउन सकिँदैछ तर त्यसपछि के हुन्छ भन्ने ठोस निर्णय भइसकेको छैन ।

National Life

अहिले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा आज बिहान ११ बजेबाट जारी बैठकमा लकडाउनको अहिलेसम्मको परिस्थिति र बिभिन्न स्थानको संक्रमणको अवस्थाबारे विश्लेषण हुने बताइएको छ ।

लकडाउनको समग्र अवस्थाको विश्लेषण गरेर प्रधानमन्त्रीलाई भेट्ने र लकडाउनको स्वरुपबारे निर्णय लिइने उच्चस्तरीय समितिको भनाई छ।लकडाउन खुकुलो बनाउने सरकारको नीति नभएइसकेको समितिले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया