• २८ भदौ २०८३, आइतबार
  • ६ः१३ बेलुका

प्रेमिकालाई भेट्न बोलाएर सामूहिक बलात्कार

प्रकाशित मिति

२०७७ बैशाख १२ गते, शुक्रबार ०९:३५

 

National Life

विराटनगर । मोरङ्मा प्रेमीको संलग्नतामा किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

एक १७ वर्षीया किशोरीलाई उनकै प्रेमीले बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धानबाट खुलेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले घटनामा संलग्न समूहका चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको बताएको छ । संलग्न भएका दुईजना भने फरार रहेको डीएसपी मानबहादुर राईले बताए ।

पक्राउ पर्नेहरुमा बूढीगंगा गाउँपालिका–६ का २१ वर्षीय टंके भनिने कुमार राई, १९ वर्षीय सन्देश लिम्बू र दुईजना १६ वर्ष मुनिका किशोरहरु छन् ।

डीएसपी राईका अनुसार १० वैशाखमा किशोरीमाथि करणी भएको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा सोही समूहले गत माघ १५ गते पनि बलात्कार गरेको खुलेको उनको भनाइ छ ।

प्रतिकृया