काठमाडौं महानगरपालिकाले पार्टी प्यालेसलाई तरकारी बजार बनाउने तयारी
प्रकाशित मिति
२०७७ बैशाख २ गते, मंगलवार ०८:४५
काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको खुला चोकबाट कालीमाटीका व्यापारीहरु फर्किएपछि पार्टी प्यालेसलाई अस्थायी बजार बनाइने भएको छ ।

लकडाउनका कारण प्रयोगबिहीन अवस्थामा रहेको पार्टी प्यालेसलाई अस्थायी तरकारी बजारको रुपमा प्रयोग गर्न खोजी थालिएको कालीमाटी फलफूल तथा बजार विकास समितिले जानकारी दिएका छन्।
‘मंगलबार महानगरपालिकासँग भएको छलफलपछि हामी पार्टी प्यालेस खोज्न हिडेका छौँ,’ समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले भने ।

यसअघि महानगरले तोकेकै ठाउँ पायक पर्नेगरी पार्टी प्यालेसको खोजी गरिएको पौडेलले बताए । चोकहरुमा गरिएको व्यपारमा सामान्य पूर्वाधारको समेत समस्या देखिएपछि विकल्पमा पार्टी प्यालेस खोजिएको उनको बताए ।
बजार बिकास समितिका समिति पदाधिकारी, केही व्यवसायी र महानगरको प्रतिनिधले मंगलबार केही पार्टी प्यालेसको स्थलगत अवलोकन गरेको पनि बजार बिकास समितिले जनाएको छ ।
महानगरले यसअघि नै तोकेको ११ स्थानहरु (कलंकी, बाफल, स्वयम्भू, वनस्थली गंगबु, बसुन्धारा, गोपीकृष्ण हल चोक, लैनचौर, रत्नपार्करबसपार्क र कोटेश्वर चोक) को नजिकको पार्टी प्यालेस खोजीको पहिलो प्राथमिकतामा रहेको कालीमाटी बजार विकास समितिले जनाएको छ ।



प्रतिकृया