• २० भदौ २०८३, शनिबार
  • १ः४२ राती

भारतमा कोरोना संक्रमणबाट एक डाक्टरको मृत्यु

प्रकाशित मिति

२०७६ चैत्र २७ गते, बिहीबार ०९:३१

काठमाडौं । भारतको मध्य प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट एक डाक्टरको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

National Life

यो घटनाबारे प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले सामाजिक सञ्जालमार्फत कोभिड–१९ विरुद्ध लड्दै बलिदान दिने डाक्टरको आत्माको शान्तिको कामना गरेका छन् । भाइरसको संक्रमण पुष्टि भएपछि उनको उपचार चलिरहेको थियो । तर, उनको अवस्था भने गम्भीर बनेको थियो ।
बिहीबार बिहान उनको मृत्यु भएको हो । मध्यप्रदेशमा कोरोनाको कारण पहिलोपटक डाक्टरको मृत्यु भएको हो । यद्यपि धेरै डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डाक्टरको मृत्युको समाचारसँगै प्रशासनले स्वास्थ्यकर्मीलाई विशेष सावधानी अपनाउन सुझाव दिएको छ ।

Classic Tech Desktop

पछिल्लो समय नयाँ संक्रमितको संख्या बढेसँगै मध्यप्रदेशको धेरै स्थानलाई पूर्ण रुपमा बन्द गरिएको छ । प्रदेश सरकारले लकडाउन खुलेपछि पनि प्रदेशको सपिङ मल, धार्मिक स्थल र स्कुल कलेज एक महिना बन्द गर्न सक्ने बताइएको छ ।

प्रतिकृया