• २० भदौ २०८३, शनिबार
  • ३ः०७ राती

परराष्ट्रमन्त्री ज्ञावाली र साउदी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

प्रकाशित मिति

२०७६ चैत्र २७ गते, बिहीबार ०९:०९

 

National Life

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावाली र साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसलबिन फरहान अल साउदको बीचमा टेलिफोन वार्ता भएको छ ।

टेलिफोन वार्ताको क्रममा जी २० को अध्यक्ष साउदी अरेबियाले कोरोना भाइरस बारे छलफलका लागि सबै मुलुकलाई भिडियो कन्फ्रेन्स मार्फत एकै ठाउँमा ल्याउन सफल भएकोमा ज्ञावालीले साउदीको भूमिकाको प्रसंशा गरेका छन् । साथै, उनले कोभिड–१९ को महामारीको कठिन परिस्थितिमा पनि नेपाली प्रवासी कामदारको ख्याल राखेकोमा धन्यवाद पनि व्यक्त गरेका छन् ।

Classic Tech Desktop

उनले कामदारहरुलाई संकटको समयमा आवश्यक पर्ने सामाजिक सुरक्षा, कल्याण कोष र स्वास्थ्य स्याहारको योजना ल्याउन पनि आग्रह गरेका छन् । उनले नेपाली कामदारको रोजगारीको सुरक्षाको विषयमा नेपाल सरकार र साउदी सरकारसँग सहकार्यको लागि आग्रह गरेका छन् ।

साउदी अरेबियाका विदेश मन्त्री अल साउदले नेपाली कामदारले पनि साउदी अरेबियामा बराबर स्वास्थ्य स्याहार पाइरहेको बताएका थिए । उनीहरुलाई आवश्यक सुरक्षा र रोजगारीको सुरक्षा पनि प्रदान गरिने अल साउदले बताएका थिए ।

 

प्रतिकृया