• २१ भदौ २०८३, आइतबार
  • ३ः०१ दिउँसो

नवनियुक्त गभर्नरले सम्हाले कार्यभार

प्रकाशित मिति

२०७६ चैत्र २५ गते, मंगलवार १२:४६

काठमाडौं, नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उहाँले सपथ लिए लगत्तै राष्ट्र बैंक पुगेर जिम्मेवारी पनि सम्हाल्नुभएको छ । मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नवनियुक्त गभर्नर अधिकारीलाई सपथ गराउनुभएको हो ।

National Life

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । यसरी नियुक्त गभर्नरले प्रधानन्यायाधीश वा उहाँले तोकेका न्यायाधीशबाट सपथ लिनुपर्ने प्रावधान नेपाल राष्ट्र बैंक ऐन, २०५५ को दफा १०८ मा छ । त्यही प्रावधानअनुसार, गभर्नर अधिकारीले सपथ लिनु भएको हो ।

प्रतिकृया