• २२ भदौ २०८३, सोमबार
  • ७ः१० बेलुका

नर्स र चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि अस्पताल बन्द

प्रकाशित मिति

२०७६ चैत्र २४ गते, सोमबार ०४:२७

मुम्बई, मुम्बईको एक अस्पताल नोभेल कोरोना भाइरसको हटस्पट बनेको छ । मुम्बईको वोकहार्ट अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएपछि अस्पताल अस्थायी रुपमा बन्द गरिएको छ ।

National Life

मुम्बईका सरकारी अधिकारीका अनुसार एकै अस्पतालमा यति तीव्र रुपमा २९ स्वास्थ्यकर्मीलाई कसरी कोरोना देखियो भन्‍ने विषयमा अनुसन्धान गर्न छानबिन टोलीलाई निर्देशन दिइएको छ

उक्त अस्पतालभित्र जान र भित्रका लागि बाहिर जान दिइएको छैन । उक्त अस्पतालमा भर्ना गरिएका बिरामीहरुलाई भने दुईपटक कोरोना जाँच गर्दा नेगेटिभ देखिएको थियो । उक्त अस्पतालका २७० बिरामी र नर्सहरुको कोरोना परीक्षण गरिएको छ ।

Classic Tech Desktop

उक्त अस्पतालका सम्पूर्ण आपतकालीन र ओपीडी सेवाहरु बन्द गरिएका छन् । अस्पतालको क्यान्टिन खुला छ भने सोही क्यान्टिनबाट अस्पतालभित्र रहेका चिकित्सक र नर्सहरुलाई खाना खुवाउने काम भइरहेको छ ।

प्रतिकृया