सुनसरीमा झडप, झडपमा प्रहरी सहित १३ जना घाइते
प्रकाशित मिति
२०७६ चैत्र २४ गते, सोमबार ०६:४३

सुनसरी । कोदुहबी–९ स्थित छातावेलीमा रहेको जयबाबा इँटा उद्योग लकडाउन समयमा पनि सञ्चालन गरेको भन्दै विवाद उत्पन्न भएपछि स्थानीय दुई समुहबीच झडप भएको हो ।झडपको क्रममा १ जना प्रहरीसहित १३ जना घाइते भएका छन् ।
सुनसरीको दुहबीमा लकडाउनको अवस्थामा इँटा उद्योग सञ्चालन गरेको भन्दै विवाद उत्पन्न भएपछि आइतबार झडप भएको छ ।

झडपमा प्रहरी जवान अनिल यादव घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक प्रविण कार्कीका अनुसार घाइतेको अवस्था सामान्य छ । उनीहरूको अहिले दुहवीस्थित सुनसरी सामुदायिक अस्पताल र जीवनज्योति पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
यता झडपमा घाइते भएका ताजिब मियाँले लकडाउनकै बेला जयबाबा इँटा उद्योग सञ्चालन हुँदा उद्योगमा कार्यरत भारतीय मजदुरहरू गाउँ घुम्ने गरेकाले जोखिम बढेको बताका छन् ।
लकडाउनको बेला इँटा उद्योग सञ्चालन गरिएको सूचना प्रहरी र सञ्चारकर्मीहरूलाई दिएको भन्दै दुहबी– ९ का वडाध्यक्ष मेंहदी हुसैनको निर्देशनमा आफूहरूमाथि आक्रमण भएको उनले आरोप लगाए ।
वडाध्यक्ष हुसैनले भने आफूले कसैलाई हातपात नगरेको र कोही कसैलाई निर्देशनसमेत नदिएको दाबी गर्दै राहतको विषयलाई लिएर स्थानीयहरूबीच झडप भएको आफूले जानकारी पाएपछि प्रहरीलाई खबर गरेको बताए ।



प्रतिकृया