• २० भदौ २०८३, शनिबार
  • ६ः३१ बिहान

रुबेला दादुराका कारण धादिङमा दुई बालबालिकाको मृत्यु

प्रकाशित मिति

२०७६ चैत्र २३ गते, आईतवार ०९:१७

 

National Life

धादिङ । चितवनस‌ंग सिमाना जोडिएको धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १ सय ५० बिरामी परेका छन्।
फागुन ६ गतेदेखि गाउँपालिका–६ बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका चेपाङ बस्तीमा दादुरारुवेला रोगको सङ्क्रमण फैलिएको थियो। मृत्यु हुनेमा ज्वरो आउने, खोकी लाग्ने, शरीरमा फोका उठ्ने जस्ता लक्षण देखिएको थियो।
दादुरारुवेलाका कारण २९ महिनाको अनिशा चेपाङ र आठ महिनाको वसन्त चेपाङको मृत्यु भएको गाउँपालिकाका अध्यक्षले जानकारी दिएका छन् । ु
हामीले दुई पटक उपचार टोली पठाइ सक्यौं तहि पनि नियन्त्रणमा आएको छैन केन्द्रले हेरिदियोस भन्ने हाम्रो अनुरोध होु डल्लाकोटीले भने । स्वास्थ्य सेवामा संलग्न गाउँमा महामारी फैलिएपछि उपचारमा संलग्न टोली औषधिसहित उपचारमा संलग्न रहेका छन् डल्लाकोटीले भने । चेपाङ गाउँमा स्वास्थ्य समस्या आएपछि बेनिघाटरोराङ गाउँपालिकाबाट पटकपटक स्वास्थ्यकर्मीको टोली गाउँ पुगेर उपचार गरेको उनले बताए।

उनले भने फागुन ७ गते चरौँदी स्वास्थ्य सेवा इकाइमा बिरामी बच्चा लिएर चार जना अभिभावक आएका थिए। रोग फैलिएको खबर गाउँपालिकामा आएपछि स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेर लक्षणका आधारमा स्वास्थ्य टोलीले उपचार गरिरहेको छ । कोरोनाको डर छ केन्द्रबाट आएर हेर्न पनि समस्या भएको बताएका छन् ।

Classic Tech Desktop

प्रतिकृया