मानविय आस्था नेपालले लकडाउन पिडित २९५ परिवारलाई राहत वितरण
प्रकाशित मिति
२०७६ चैत्र २२ गते, शनिबार ०९:०८

भक्तपुर। कोरोना भाइरसको संक्रमण फैलिन नलिनको लागि सरकारले लकडाउन गरेको छ । सरकारले लकडाउन गरेको बेलामा सधै विपद् र संकटको परिस्थितीका गरिब बिपन्नको सारथीको रुपमा रहेको टमानविय आस्था नेपालले दुई सय ९५ विपन्न घर परिवारलाई राहत वितरण गरेको छ ।
उक्त संस्थाले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण मुलुकभर नै लक डाउन भइरहेको अवस्थामा दैनिक ज्याला मजदुरी गरी आफ्नो दैनिक जीविको पार्जन गर्ने विपन्न परिवारलाई राहत वितरण गरेको हो ।


मानविय आस्था नेपालको आयोजना तथा मध्यपुर थिमी नगरपालिकासँगको सहकार्यमा उक्त राहत वितरण कार्यक्रममा आर्ट अफ लिभिडद्वारा २०० परिवार तथा वाग्मती टिपर व्यवसायी संघद्वारा ९५ परिवारलाई राहत सहयोग गरिएको थियो । आज वितरण गरिएको राहतमा मध्यपुर नगरपालिका अन्तरगत वडा नं। २ मा ६५, ३ मा ७५, ५ मा ५५, ८ मा ५० र ९ मा ५० गरी जम्मा दुई सय ९५ विपन्न घर परिवारलाई राहत वितरण गरेको छ ।
भिडभाडका कारण कोरोना भाइरस सर्ने भएकोले लकडाउनको पालना गर्दै भिडभाडमुक्त रुपमा राहत वितरण गरिएको छ । वितरण गरेको राहतमा चामल, दाल, चिउरा, तेल, नुन, चाउचाउ, तरकारी लगायत रहेको थियो ।

मानविय आस्था नेपालले २०७२ सालमा गएको महाभुकम्पको समयमा समेत विशेष सहयोग गरि भक्तपुरको आम जनताको राहत वितरण गरेको थियो । उक्त संस्थाले गरिव, असहाय तथा विपन्न परिवार लगायतका करिव दुई सय ५० जना वालवालिका निशुल्क शिक्षा समेत प्रदान गरिरहेको छ । त्यस्तै महिला जीविकोपार्जन अन्तरगत कृषि, वाख्रापालन, सिलाई वनाईलगायतका क्षेत्रहरुमा विशेष सहयोग गरिरहेको छ ।



प्रतिकृया