श्रमजीवी पत्रकार र संचारमाध्यमलाई राहत दिन पत्रकार महासंघका उपत्यकाका ३ जिल्ला अध्यक्षको माग
प्रकाशित मिति
२०७६ चैत्र २२ गते, शनिबार ०६:३५
भक्तपुर, कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनमा समेत कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीहरुलाई बिशेष बिमासहित निःशुल्क उपचार गर्न माग गरिएको छ ।नेपाल पत्रकार महासंघ अन्तर्गत काठमाडौं उपत्यकास्थित तीन जिल्लाका अध्यक्षहरुले श्रमजिवि पत्रकारहरुलाई तत्काल राहत प्याकेज दिन माग गर्दै लकडाउनको अवधीमा पत्रिका प्रकाशन गर्न कठिन भएको हुँदा सरकारले दिने सहुलियत यथावत कायम गर्न पनि माग गरिएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौका अध्यक्ष शन्तराम बिडारी, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल र भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले सरकारसँग यस्तो माग राख्दै सचेत भएर सतर्कतापुर्वक पेसागत धर्म निर्वाह गर्न पनि सम्पूर्ण सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको छ । जोखिमका बेला संचारकर्ममा जुटेका संचारकर्मीहरुको स्वास्थ्यको सवाल सँगसँगै आर्थिक पक्ष पनि अहिलेको चासोको विषय हो भन्दै महासंघले पत्रकारका लागि समयमै पारिश्रमिक भुक्तानी र कार्यालयमा आउन जान सवारी साधनको व्यवस्था गर्न संचार प्रतिष्ठानलाई आग्रह गरेको भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले बताउनुभयो ।
उहाँले कठिन अवस्थामा सूचना प्रवाहको दायित्व निर्वाह गरिरहेका संचार माध्यम र पत्रकारहरुलाई इन्टरनेट, टेलिफोन, विद्युत् जस्ता अत्यावश्वक साधनमा आवश्यक सहुलियत दिन सरकारसँग माग गरिएको बताउनुभयो । सरकारले कोरोना महामारीबाट प्रभावित क्षेत्रहरु र वर्गका लागि राहत प्याकेज घोषणा गरिसके पनि सञ्चार जगतका लागि राहत नदिनु भने दुःखद हो उहाँले भन्नुभयो । नियमित पारिश्रमिक भुक्तानी अनिवार्य गराउन, महामारीको बेला फिल्डमा पुगी कार्य गर्दा साबिकको भन्दा दोब्बर पारिश्रमिकको व्यवस्था गर्न र यो संकटमा संचारकर्मीको रोजीरोटीमा असर नपर्ने या सेवाको निरन्तरताको सुनिश्चिता गर्नुपर्ने उहाँको भनाई छ । संचार गृहलाई विद्युत, इन्टरनेट, नवीकरण आदि शुल्कका साथै सरकारले कोरोना भाइरस सम्बन्धी सूचना प्रवाह समानुपातिक ढंगले बितरण गर्नुपर्ने अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

साथै अहिले बन्द भएका मिडिया खुलाउन सरकारका तर्फबाट यथोचित व्यवस्था गर्न जरुरी रहेको महासंघको ठहर छ ।अग्रपंत्तिमा रही समाचार संकलन र सम्प्रेषण गर्ने पत्रकारका लागि सुरक्षित वातावरण तयार पार्न र कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि संयमतापुर्वक सत्य तथ्य र सचेतनामुलक सामग्री प्रकाशन प्रसारण गर्न आम सञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । संक्रमणका बेला सहि सुचना सम्प्रेषणका लागि मुलधारका संचार माध्यमको झन् बढी महत्व हुने भए पनि यसकै कारण हाल कतिपय दैनिक,सप्ताहिक र मासिक बन्द भैसकेका छन् कतिपय चुनौति मोलेरै भए पनि प्रकाशित र प्रसारित भैरहेका छन् ।



प्रतिकृया