• २१ भदौ २०८३, आइतबार
  • ३ः३६ दिउँसो

कोरोना भाइरसको जोखिमबाट बचाउने कार्यमा स्वयम् सेवकीय भूमिका निर्वाह गर्न देशभरका युवामा अपिल

प्रकाशित मिति

२०७६ चैत्र २२ गते, शनिबार ०४:५०

भक्तपुर, राष्ट्रिय युवा परिषद् सानोठिमी तथा युवा सञ्जालले कोरोना भाइरसको संभावित जोखिमबाट बच्न र बचाउने कार्यमा सहयोग र सहजीकरण गरी स्वयम सेवकीय भूमिका निर्वाह गर्न देशभरका युवामा अपिल गरेको छ । परिषद् तथा सञ्जालले एक संयुक्त अपिल जारी गरी युवा वर्ग देशको सबैभन्दा सक्रिय¸ उर्जाशील र गतिशिल जनशक्ति भएको भन्दै राज्यले ठूलो अपेक्षाका साथ हेरेको युवा वर्गले यस विपत्तिको बेलामा आआफ्नो क्षेत्रबाट सहयोग गर्नु सबैको कर्तव्य भएको स्मरण गराएको छ ।

National Life

राष्ट्रिय युवा परिषद् अन्तर्गत गठित विभिन्न ६ वटा युवा सञ्जालहरुको भिडियो कन्फ्रेरेन्स मार्फत बसेको संयुक्त बैठकले स्वयमसेवकीय रुपमा युवा परिचालन गर्नुपर्ने दायित्वबोध गर्दै यस घडिमा राष्ट्रिय युवा परिषद् र अन्तर्गतका युवा सञ्जालहरु र यसमा आवद्ध देशभरिका युवा वर्गको भूमिका सकृय र चनाखो हुनुपर्ने निर्णय गरेको छ ।

राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गानाले वडा, गाउँ,नगर, प्रदेश र संघीय स्तरमा गठित युवाक्लब सञ्जालमा आवद्ध युवाहरुलाई आआफ्नो क्षेत्रमा सम्बन्धित सरकारसँग समन्वय गरी स्वयमसेवकीय भुमिका निर्वाह गर्न आब्हान गरिएको बताउनुभयो । चालु आर्थिक बर्ष युवा परिचालन वर्ष समेत भएको सन्दर्भमा बैठकले विशेषत स्वास्थ्यकर्मी र सुरक्षा निकायहरुसंग निकट सम्पर्कमा रही आवश्यक समन्वय र सहकार्यमा सरकारको निर्देशनको पालना गर्ने गराउने काममा स्वयमसेवकीय भूमिका निर्वाह गर्न पनि युवालाई अपिल गरेको छ । दैनिक उपभोग्य बस्तु उत्पादन तथा प्रशोधन गर्ने घरेलु उद्योग तथा अन्य ग्रामीण परंपरागत लघु उद्यमीहरुलाई आवश्यक सहयोग गरी आपूर्ति व्यवस्थालाई सहज बनाउन लाग्न पनि बैठकले अपिल गरेको राष्ट्रिय युवा प्रतिभा तथा उद्यमी सञ्जालका अध्यक्ष लोचन बस्नेतले बताउनुभयो ।

Classic Tech Desktop

बैठकमा परिषदका प्रशासकीय प्रमुख डा. ढुङ्गाना,उद्यमी सञ्जालका अध्यक्ष बस्नेत,सामाजिक संघसंस्था युवा सञ्जालका अध्यक्ष तिलोत्तम पौडेल , रिटर्नी माइग्रेन्ट युवा सञ्जालका अध्यक्ष उत्तम अधिकारी, संघीय युवाक्लब सञ्जाल अध्यक्ष विवेक त्रिपाठी, राष्ट्रिय पुनस्थापना युवा सञ्जाल अध्यक्ष सविता उप्रेती र परंपरागत बस्तु उत्पादन युवा सञ्जालका अध्यक्ष सुमन दाहालको सहभागिता रहेको थियो ।

प्रतिकृया