• ७ असोज २०८३, बुधबार
  • १ः०० दिउँसो

कोरोनाबाट संक्रमितको संख्या १० लाख नाघ्यो, कुन देशमा कतिको मृत्यु र संक्रमित ?

प्रकाशित मिति

२०७६ चैत्र २१ गते, शुक्रबार ०१:११

काठमाडौं, चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।

National Life

पछिल्लो विवरणअनुसार १० लाख १४ हजार ४९९ जना संक्रमित भएका छन् । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ५३ हजार १६६ पुगेको छ । करिब ६ हजार मृतक थपिंदा मृत्यु हुनेको संख्या बढेको हो । दुई लाख १२ हजार मानिस निको भएर घर फर्कंदा करिब ८० हजारमा नयाँ संक्रमण फेला परेको छ ।

अमेरिकामा सबैभन्दा बढी २ लाख ४४ हजारभन्दा बढीमा भाइरसको संक्रमण भएको छ । त्यहाँ २९ हजार चार सयभन्दा बढीको मृत्यु भएको छ । ९६८ नयाँ मृत्यु थपिएको छ । कोरानाबाट संक्रमित हुनेको सख्या अमेरिकामा चीनको भन्दा तेब्बर बढी पुगेको छ । इटालीमा सबैभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ १३ हजार ९१५ को मृत्यु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

७६० नयाँ मृतक थपिएका छन् । इटालीपछि सबैभन्दा बढी १० हजार३४८ जनाको ज्यान गएको छ । त्यहाँ ९६१ नयाँ मृतक थपिएका छन् ।

बेलायतको स्वास्थ्य सेवाका अनुसार उपचारका क्रममा अस्पतालमा मृत्यु भएकाहरुको संख्या २ हजार ९ सय २१ पुगेको छ । त्यहाँ नयाँ मृतक संख्या ५६९ थपिएको छ । संक्रमण हुनेको संख्या ३३ हजार ७१८ पुगेको छ ।

इरानमा मृत्यु हुनेको संख्या ३ हजार १६० पुगेको छ । नेदरल्याण्डमा १३३९, जर्मनीमा ११०७, बेल्जियममा १०११ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट कुन देशमा कतिको मृत्यु र संक्रमित ?

अमेरिका
संक्रमित– २,४३,४५३
मृत्यु– ५,९२६
निको– ९,००१

इटाली
संक्रमित– १,१५,२४२
मृत्यु– १३,९१५
निको– १८,२७८

स्पेन
संक्रमित– १,१२,०६५
मृत्यु– १०,३४८
निको– २६,७४३

जर्मनी
संक्रमित– ८४,७९४
मृत्यु– १,१०७
निको– २२,४४०

चीन
संक्रमित– ८२,४३२
मृत्यु– ३,३२२
निको– ७६,५६५

फ्रान्स
संक्रमित– ५९,९२९
मृत्यु– ५,३९८

निको– १२,५४८
इरान
संक्रमित– ५०,४६८
मृत्यु– ३,१६०
निको– १६,७११

बेलायत
संक्रमित– ३४,१७३
मृत्यु– २,९२६
निको– १९२

स्वीजरल्याण्ड
संक्रमित– १८,८२७

मृत्यु– ५३६
निको– ४,०१३

टर्की
संक्रमित– १८,१३५
मृत्यु– ३५६
निको– ४१५

बेल्जियम

संक्रमित– १५,३४८
मृत्यु– १,०११
निको– २,४९५

नेदरल्याण्ड
संक्रमित– १४,७७८
मृत्यु– १,३४१
निको– २६०

क्यानडा

संक्रमित– ११,२८४
मृत्यु– १३९
निको– १,७३५

अस्ट्रिया

संक्रमित– ११,१२९
मृत्यु– १५८
निको– १,७४९

दक्षिण कोरिया
संक्रमित– ९,९७६
मृत्यु– १६९
निको– ५,८२८

भारत
संक्रमित– २,५४३
मृत्यु– ७२
निको– १९१

नेपाल
संक्रमित– ६
मृत्यु– ०
निको–१
(स्रोत : जोन्स हप्किन्स विश्वविद्यालय)

प्रतिकृया