• १ असोज २०८३, बिहीबार
  • ११ः१४ बिहान

बाग्मती गाउँपालिकाका उपाध्यक्ष घिमिरेद्वारा कोरोना भाइरसबाट बच्च मिचिमिच हात धुन गाउँबासीलाई आग्रह

प्रकाशित मिति

२०७६ चैत्र २० गते, बिहीबार ०४:३९

ललितपुर, बाग्मती गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरेले कोरोना भाइरस ( कोभिड १९) बाट बच्च उच्च सतर्कता अपनाउन गाउँबासीलाई आग्रह गर्नुभएको छ । उहाँले लकडाउनको पूर्णरुपमा पालना गर्नसमेत सबैमा आग्रह गर्नुभयो । बिहिवार हाम्रा संवाददातासँग कुरा गर्दै उहाँले लकडाउनको अबज्ञा गर्दा कोरोना भाइरस नेपालमा तिब्र गतिमा फैलन सक्ने भन्दै उहाँले लकडाउनलाई पूर्णरुपमा पालना गर्दै यसको कार्यान्वयन गर्न अनुरोध गर्नुभयो ।

National Life

उपाध्यक्ष घिमिरेले कोरोना भाइरसबाट बच्नका लागि जानकारीमूलक सन्देश प्रशारण गर्दै आमनागरिकलाई कोरोना भाइरबाट बच्चनका लागि नियमितरुपमा साबुन पानीले हात धुन समेत आग्रह गर्नुभयो । उहाँले गाउँपालिकामा कसैलाई कोरोना भाइरसको लक्षण देखिए भट्टेडाँडाँको सामुदायिक विद्यालयमा ३ बेडको क्वारेन्टाइन बनाइ तयारी अवस्थामा राखिएको बताउनुभयो ।

उहाँले भिडभाडमा नजाने, जानै परे माक्स लगाएर निस्कने र घरमा फर्किएपछि राम्रोसँग साबुन पानीले हात धुने र संभव भएसम्म स्यानिटाइजर लगाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो “ उच्च मनोबल राखेर हामीले लकडाउनलाई पालना गर्ने हो भने कोरोना रोगबाट बच्च सकिन्छ ।” कोरोना भाइरसबाट त्रसित भइ भयभित हुनु भन्दा पनि संयमितता अपनाउन गाउँबासी लगायत सबैमा उहाँले आग्रह गर्नुभएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया