• १ असोज २०८३, बिहीबार
  • ११ः१८ बिहान

एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न नार्गाजुनको निर्णय

प्रकाशित मिति

२०७६ चैत्र २० गते, बिहीबार ०४:२०

काठमाडौँ, नागार्जुन नगरपालिकाले लकडाउन कारण मजदुर र विपन्न वर्गका लागि प्रदान गरिने राहत सामाग्री एकद्वार प्रणालीबाट मात्र वितरण गर्ने निर्णय गरेको छ । कतिपय संघसंस्था र व्यक्तिले आफूखुसी राहत वितरण गरिएको जनगुनासो आएपछि नगरपालिकाले नगरपालिकाको स्वीकृत लिइ सम्बन्धित वडालाई राहत सामाग्री वितरण गर्नका लागि स्वीकृति दिने निर्णय गरेको हो ।

National Life

बिहिवार नगरप्रमुख मोहनबादुर बस्नेतको अध्यक्षतामा प्रतिनिधि र तथा प्रदेशसभाको सांसदहरुको उपस्थितिमा बसेको बैठकले एकद्वार प्रणालीबाट मात्र राहत सामाग्री वितरण गर्ने निर्णय गरिएको हो । नगपालिकाको वडा नं. १ स्थित न्यून आए भएका व्यक्तिहरु राख्नका लागि सहरी विकासको भवनमा ३० बेडको क्वारेनटाइन निर्माण गर्नका लागि वाग्मती प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय भएको नगर प्रमुख मोहनबहादुर बस्नेतले जानकारी बताउनुभयो ।

यस नगरपालिका भित्र भएको औषधी पसल बाहेक खाद्य सामाग्रीका पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खोल्नका लागि अनुरोध गर्ने निर्णय भएको छ । राहत सामाग्री वितरण गर्न नेपाल सरकारको परिपत्र अनुसार मापदण्ड कायम गरी राहत वितरण गर्ने, राहत पाउने व्यक्तिहरुको नामावली दैनिकरुपमा सार्वजनिक गर्ने र सोको जानकारी नगरपालिकालाई गराउन सबै वडा कार्याललाई अनुरोध गर्ने निर्णय भएको नगरपालिकाका योजना तथा प्रशासन उपशाखाका प्रमुख नारायणप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

नगर प्रमुख बस्नेतले कोरोना भाइरसबाट बच्नका लागि नियमितरुपमा साबुनपानीले २० सेकेण्डसम्म हात धुने, संभव भएसम्म स्यानिटाइजरको प्रयोग गर्ने, माक्स लगाउने, कम्तिमा एक मिटरको दुरी कायम गरी बस्न नगरबासीलाई आग्रह गर्नुभयो ।

प्रतिकृया