• २२ भदौ २०८३, सोमबार
  • ९ः१९ राती

हिमगिरी हाइजिन प्रालिले नेपाल प्रहरीलाई २ हजार ६ सय ७५ बोतल स्यानिटाइजर हस्तान्तरण

प्रकाशित मिति

२०७६ चैत्र १९ गते, बुधबार ०९:२९

 

National Life

काठमाडौं । नेपाल प्रहरीलाई हिमगिरी हाइजिन प्रालिले २ हजार ६ सय ७५ बोतल स्यानिटाइजर हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमवीच उक्त स्यानिटाइजर हस्तान्तरण गरिएको हो ।

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितहरु फेला परिसकेको कारण सम्भावित जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रही जोखिमको समेत कुनै प्रवाह नगरी समाज र नागरिकको सेवामा अहोरात्र सक्रिय रहने नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सर्वप्रथम सुरक्षित राख्न सके मात्र आमनागरिकहरुको पूर्ण सुरक्षा सम्भव हुने महसुस गरी उक्त प्रालिले नेपाल प्रहरीलाई स्यानिटाइजर हस्तान्तरण गरेको सो अवसरमा जानकारी दिइयो ।
कार्यक्रम उक्त प्रालिका व्यापारिक संचालक कृष्ण बजाज र बजार व्यवस्थापक बसन्तमान श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त स्यानिटाइजर हस्तान्तरण गरेका हुन् ।

Classic Tech Desktop

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया