लकडाउन उल्लंघन गर्ने सम्बन्धी नीति परिर्वतन अब, प्रहरीले भेटिएकै ठाउँमा २ घण्टा उभ्याउने
प्रकाशित मिति
२०७६ चैत्र १९ गते, बुधबार ०९:०५

काठमाडौं । नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरि, अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको छ ।
सडकमा उभ्याएर उनीहरुलाई कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिइने प्रहरीले जनाएको छ । यसले नागरिक आफैं सचेत भएर लकडाउन उल्लंघन नगर्ने विश्वास लिइएको प्रहरीको बताएका छन् ।

यसअघि लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइँदै आएको थियो । उता कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको साता दिन सडक सुनसान देखिएको छ ।
सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ । विश्वव्यापीरूपमा कोरोना भाइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी अत्यावश्यक बाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गरेको छ ।



प्रतिकृया