• २५ भदौ २०८३, बिहीबार
  • १ः३६ राती

लकडाउन उल्लंघन गरेका भन्दै युवक कुट्ने सशस्त्र प्रहरी हवल्दार निलम्बि

प्रकाशित मिति

२०७६ चैत्र १८ गते, मंगलवार ०९:३१

 

National Life

सप्तरी । कोरोना भइरसको जोखिम न्युनिकारणका लागि सरकारले लकडाउन गरेको थियो । लकडाउन उल्लंघन गरेको भन्दै युवक कुट्ने सशस्त्र प्रहरी निलम्बित गरिएको छ ।

सीमावर्ती क्षेत्रमा भारतबाट औषधि किनेर आइरहेका सप्तरीका दुई युवक माथि कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न सशस्त्र प्रहरीका एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एकलाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको सशस्त्र प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल/भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज चौधरीलाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अर्का जवान केशव थापा मगरलाई सदरमुकाम राजविराज तानिएको छ ।

‘मगरलाई भने सदरमुकाम राजविराज तानेर अनुसन्धान सुरु गरेका उनलाई कारबाही हुने उद्धव न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिकृया