नागार्जुन नगरपालिकाद्वारा दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत सामाग्री वितरण गर्ने
प्रकाशित मिति
२०७६ चैत्र १७ गते, सोमबार १०:१९
काठमाडौँ। नागार्जुन नगरपालिकाले कोरोना भाइरस ( कोभिड १९ ) को सङ्क्रमण हुन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक मजदुरी गरी खाने विपन्न वर्गका लागि १५ दिनका लागि राहत सामाग्री वितण गर्ने भएको छ ।
ज्याला मजदुरी गरी खाने नागरिकलाई १५ दिनका लागि खाद्यान्न सामाग्री वितरण गर्न प्रत्येक वडालाई नगपालिकाले विपत व्यवस्थापन कोषबाट रकम वितरण गर्ने निर्णय भएको हो ।
कोरोना भाइरस ( कोभिड १९) को सङ्क्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका सबै भन्दा बढि दैनिक मजदुरी गरी खाने नागरिक अप्ठ्यारोमा पर्दै आएका छन् ।
नगरपालिकाले उलब्ध गराउने राहत वितरण नेपाल सरकारले राष्ट्रिय राहत प्याकेजलाई आधार मानेर वितरण गर्ने, मानविय राहत सहायता उपलब्ध गराउने पर्ने व्यक्ति वा परिवार छन भने सम्बन्धित वडाले बढिमा एक सय जनालाई १५ दिनका लागि राहत सामाग्री उपलब्ध निर्णय भएको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उक्त राहत सामाग्रीमा चामल १५ केजी, तेल एक लिटर, दाल एक केजी, चिनी एक केजी आलु २ केजी, प्याज एक केजी, चिउरा २ केजी, नुन एक केजी उपलब्ध गराउने भएको छ ।
नगरपालिकाको बैठक अनलाई प्रविधिमा सञ्चालन गर्ने नगरपालिका योजना तथा प्रशासन उपशाखा प्रमुख नारायणप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
नगर प्रमख बस्नेतले कोरोना भाइरसको सङ्क्रणबाट संयमित भइ लकडाउनको पूर्णरुपमा पालना गर्न सबै नगरबासीलाई आग्रह गर्नुभयो ।
नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रेमलाल श्रेष्ठले दैनिक ज्याला मजदुरी गरी खाने व्यक्तिको नाम, स्थायी अस्थायी ठेगाना, सम्पर्क नम्बर टोलका नाम, बहाल बसेको घरधनीका नाम, परिवार संख्या सिफारिस गर्ने जनप्रतिनिधिको नाम र वडाध्यक्षले प्रमाणित भएपछि मात्र राहता सामाग्री वितरण गरिने बताउनुभयो ।
हचुवाको भरमा जोकोहीले पनि राहत सामाग्री नपाउने उहाँले स्पष्ट गर्नुभयो ।




प्रतिकृया