• २४ भदौ २०८३, बुधबार
  • २ः२४ राती

‘लकडाउन’ मा काठमाडौं बन्यो स्वच्छ

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ११:३६

काठमाडौं, कोरोना भाइरसको संक्रमण रोक्न गत मंगलबारदेखि देश लकडाउनमा छ। यसले घरभित्रै बस्नुपर्दा जनजीवन कष्टकर र चुनौतीपूर्ण बन्दै गएको छ। तर यो असहज परिस्थितिले राजधानी काठमाडौंको वायुको गुणस्तरमा भने ऐतिहासिक सुधारको मौका दिएको छ । सधैंजसो प्रदूषणको सरदर स्तर जनस्वास्थका लागि हानिकारक भइरहने राजधानी हिजोआज ऐतिहासिक रुपमा स्वच्छ भएको छ, वायु प्रदूषण ह्वात्तै घटेको छ।

National Life

यसको प्रमुख कारण लकडाउनका बेला गाडी नचल्नु, राजधानीमा रहेका कलकारखाना बन्द हुनु र गत शुक्रबारसम्म सक्रिय रहेको पश्चिमी वायुले काठमाडौं खाल्डोको प्रदूषण बढारेर उपत्यकाबाहिर लग्नु भएको विज्ञ बताउँछन्। आइतबार २ बजे रत्नपार्कको पिएम २।५ को स्तर ४ दशमलव १४ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको थियो भने शनिबार दिउँसो ३ बजे काठमाडौंको फोहोरा दरबारमा पिएम २।५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटर थियो।

यो स्तर काठमाडौंको वर्षभरिको औसत वायु प्रदूषणभन्दा करिब १० गुणाले कम हो र विश्व स्वास्थ संगठनको तोकेको मापदण्डभन्दा आधा कम हो। नागरिक दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया