• २४ भदौ २०८३, बुधबार
  • ३ः५३ राती

बिरालोमा कोभिड–१९ भएको पुष्टि

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०५:५५

 

National Life

एजेन्सी । बेल्जियममा एउटा बिरालो कोरोनाभइरसबाट संक्रमित भएको पुष्टि भएको छ । कोरोनाभाइरस संक्रमित आफ्नो मालिकबाट बिरालो पनि संक्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

बेल्जियमको लिज भन्ने ठाउँमा आफ्नो मालिक कोभिड–१९ बाट संक्रमित भएको एक हप्तापछि बिरालोमा पनि यसको लक्षणहरु देखिएको ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बिरालोमा कोरोनाको संक्रमण भएको यो पहिलो घटना हो । यसअघि हङकङमा दुईवटा कुकुरमा कोरोनाको संक्रमण देखिएको थियो । बिरालोमा भने पहिले बेल्जियममा देखियो ।

बेल्जियममा यस भाइरसबाट ९ हजार बढी संक्रमित भएका छन् भने ३ सय ५० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिकृया