• २२ भदौ २०८३, सोमबार
  • ५ः३८ बेलुका

महाँकाल गाउँपालिका भन्यो अत्यावश्यक बाहेक आवतजावत नगर्नु

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार ०८:५६

 

National Life

ललितपुर । महाँकाल गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९ ) को सङ्क्रण फैलन नदिन अत्यावश्यक बाहेक आवतजावत र हिँडडुल नगर्न सर्वसाधारणलाई आग्रह गरेका छ । गाउँपालिकाले दूध, तरकारी खाद्यान्न बाहेका अन्य सवारी साधन नचालने र उक्त साधनमा तीन जना भन्दा बढि व्यक्ति नबस्न सर्वसाधारणमा आग्रह गरेको हो ।
त्यस्तै होटल, पसल, लज रेष्टुरेन्ट, खाजा घर लगायतका अन्य व्यापारिक केन्द्रहरुका सञ्चालकले अत्यावश्यक अवस्था बाहेक भीडभाड हुने गरी पसल नखोल्न गाउँपालिकाले शुक्रवार सूचना जारी गरी सबैमा आग्रह गरेको हो ।
प्रत्येक व्यक्ति र घर परिवारले साबुन पानी, स्यानिटाइजर लगायतका सफाइको सामाग्रीको व्यवस्था गरी कार्यस्थल, शौचालय सरसफाइ गर्ने र टेवुल, कुर्सी, बार रेलिङ जस्ता ठाउँमा नियमित किटाणु फैलन नदिन सरसफाइ गर्न गाउँपालिकाले सबैलाई सचेत गराएको छ ।
विदेशबाट आएका कोभिड १९ का लक्षण देखिएका नागरिकलाई सुरक्षित तवरले क्वारेन्टाइमा राख्ने प्रयोजनका लागि गोटीखेल, स्वास्थ्य चौकी, चन्दपुर स्वास्थ्य चौकी, मानिखेल स्वास्थ्य चौकीमा बस्ने गरी व्यवस्थापन गरिएकाले उहाँहरुले आआफ्नो पायक पर्ने स्थानमा स्वास्थ्य चौकीको क्वारेन्टाइलाई उपयोग गरी आआफ्नो स्वास्थ्य चौकी, वडा कार्यालय र गाउँपालिकामा जानकारी गराउने गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
भ्याली तथा गाउँपालिकाको सीमाबाट भित्रिने व्यक्तिले आफैं होम क्वारेन्नटाइमा बस्न आग्रह गरिएको छ । त्यस्तै सर्वसाधारण नागरिकमा भ्रम सिर्जना गर्ने वा त्रास फैलने गरी सामाजिक सञ्जालबाट भ्रामक र आधारहिन सूचना सम्प्रेषण गर्ने कार्य नगर्न गाउँपालिकाले सबैमा आग्रह गरेको छ । कोरोना भाइरसका शङ्कास्पद व्यक्ति देखिएमा वा बिरामी भएको खबर प्राप्त भएमा तत्काल उद्धार गरी अस्पताल पु¥याउने व्यवस्था गरिएकाले उक्त अवस्था आए गाउँपालिका, स्थानीय प्रशासन र इलाका प्रहरी कार्यालयमा सूचना दिइ सहयोग लिनहुन समेत गाउँपालिकाले सबैमा अनुरोध गरेको छ ।

प्रतिकृया