सुनसान बन्दै पशुपति आर्यघाट
प्रकाशित मिति
२०७६ चैत्र १४ गते, शुक्रबार ०८:३९

काठमाडौं । गौशालाबाट ओरालो लाग्नेबित्तिकै व्यापारीहरू हात हातमा फूलमाला दिन आइपुग्थे। दायाँतिरको विद्युतीय शवदाह गृहबाट धुवाँ उडिरहेको देखिन्थ्यो। तिलगंगा पुलबाट हेर्दा ब्रह्मनालमा लश्करै शव जलाइएका हुन्थे। आर्यघाटमा मृतकका परिवारको रुवाबासी हुनेथियो । अहिले पशुपति आर्यघाट सुनसान छ ।
कोरोना भाइरस नफैलियोस् भनेर सरकारले देशव्यापी लकडाउनु सुरु गरेको छ । लकडाउन गरेको दिनयता पशुपति क्षेत्रमा मान्छे जान पाएका छैनन्। यहाँ दर्शनार्थीहरू घुइँचो लाग्न छाडिसकेका छन् । घाट सुनसान हुँदा शव जलाउने, दाउरा ओसार्ने र खट बाँध्नेहरू बेरोजगार देखिन्थे। कोही घाटमा लास आउलान् र पोलौंला भनेर चिता तयार पार्दै बसेका छन् । कोही चाहिँ शितल ताप्दै छन् ।

पशुपति घाट सेवा समितिका एक कर्मचारीले भने, ‘लकडाउन सुरू भएपछि शव आउन कम भएको छ। समितिका अनुसार, लकडाउनअघि दिनमा सरदर २५ शव आर्यघाटमा जलाउन ल्याइन्थ्यो। अहिले शव किन ल्याइएका छैनन् भन्ने यकिन नभए पनि सहरमा मान्छे घटेकाले मृतक संख्या कम भएको समितिका कर्मचारी अनुमान गरेरका छन् ।
लकडाउनअघि रोगले च्यापेर बाहिरी जिल्लाबाट काठमाडौं आउने धेरै हुन्थे। उनीहरूको मृत्यु भए जलाउने ठाउँ धेरैजसो पशुपति आर्यघाट नै हुन्थ्यो। लकडाउनपछि बिरामी आउजाउ छैन। यसले पनि शव संख्या कम भएको उनीहरू अनुमान छ।
अर्को कारण, सवारी दुर्घटनामा ज्यान गुमाउनेको पनि शवदाह प्राय यहीँ हुन्थ्यो। धन्न, सवारी नचलेपछि दुर्घटनामा कसैले ज्यान गुमाउनु परेको छैन जस्ले गर्दा शव काम आएको हुन सक्ने अनुमान छ । अहिले दिनमा २ /३ वटा शब आउने गरेको छ त्यहि पनि १० /१५ जना मात्र मलामि आएका हुन्छ ।
कोरोना भाइरस महामारी र त्यसले निम्त्याएको असरले १५ जनाभन्दा धेरै मलामी जान नपाइने नियम समितिले लगाएको छ। जस्ले गर्दा मलामिको संख्या घटेको छ । सरकारले पनि २५ जना भन्दा धेरै एक ठाउँमा नवस्नु आग्रह गरेको छ ।



प्रतिकृया