• २३ भदौ २०८३, मंगलबार
  • ७ः४७ बिहान

भाटभटेनीले कोरोना नियन्त्रण कोषमा एक करोड सहयोग

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार ०८:१७

काठमाडौं । सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा भाटभटेनी सुपरमार्केटसले एक करोड सहयोग गरेको छ ।

National Life

कोरोनाभाइरसले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो । उक्त कोषमा भाटभटेनी सुपरमार्केटसका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सचिव नारायणप्रसाद बिडारीलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

भाटभटेनी सुपरमार्केटसका अध्यक्ष गुरुङले मुलुक अप्ठेरोमा परेका बेला सरकार र नागरिकलाई सहयोग गर्नु आफ्नो दायित्व भएको बताउँदै उक्त कोषमा एक करोड जम्मा गरेको जानकारी गराएका छन् । भाटभटेनीले भूकम्पका बेलामा जस्तै ग्राहकहरुका लागि कोरोना संक्रमणका बेला पनि उपभोग्य सामग्रीको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै १० महिनाको लागि सम्पूर्ण प्रकारका खाद्यान्न उपलब्ध गराइ रहेने समेत जाकारी दिएका छन् ।

मन्त्रिपरिषदको बैठकले उक्त कोषमा सरकारका तर्फबाट ५० करोड रुपैयाँ सुरु पुँजी राख्ने निर्णय गरेको थियो ।कोरोना सम्बन्धी जोखिम फैलिरहेको अवस्थामा अर्थतन्त्रमा पर्न सक्ने असर, पूर्वाधारमा लगानी गर्नुपर्ने भएकाले उक्त कोष स्थापना गरेको सरकारले जनाएको छ ।कोषको यो रकम कोरोनासँग सम्बन्धित क्षेत्रमा पूर्वाधार तयार, स्वास्थ्य सामग्रीको आपुर्ति लगायतमा खर्च गरिनेछ ।

प्रतिकृया