• २४ भदौ २०८३, बुधबार
  • १०ः२८ राती

अवैध रुपमा संचालन गरेको रक्सी भट्टीबाट मदिरा नष्ट

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार ०५:३४

बारा । जितपुर सिमरा उपमहानगरपालिका ९ छातापिपराबस्ने पारस पासवानले अवैध रुपमा संचालन गरेको रक्सी भट्टीबाट तयारी मदिरा करिब १ सय लिटर र कच्चा पदार्थ ४ सय लिटर प्रहरीले बिहीबार बिहान नष्ट गरेको छ ।

National Life

अवैध रुपमा भट्टी संचालन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उक्त मदिरा तथा कच्चा पदार्थ नष्ट गरेको छन्। प्रहरीले मदिरा बनाउन प्रयोग हुने एक थान मेशिन समेत नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया