• २५ भदौ २०८३, बिहीबार
  • १२ः१३ राती

कोरोजना सम्वन्धि सामाजिक सञ्जालमा भ्रमित नफैलाउन आग्रह

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार ०४:५५

 

National Life

काठमाडौं । कोरोना पुष्टि भएकी युवतीसँगै आएका एक युवक रहेको भनी प्रचार गरिएपछि दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भ्रमित नपार्न सामाजिक सञ्जालकर्तालाई आग्रह गरेका छन् । ती युवतीसँगै हवाइजहाजमा आएका एक युवकको नामावली दैलेखमा देखिएको सामाजिक सञ्जालमा भाइरल बन्दै गएपछि कट्टेलले यस्ता भ्रम फैलाउने काम कसैलाई नर्गन आग्रह गरेका छन् ।

नामावलीमा दैलेख लेखिनुको कारण नागरिकता प्रमाणपत्र दैलेखको भएकाले हो । ती व्यक्ति सात वर्षअघि नै दैलेखबाट बसाइँसराइ गरी सुर्खेत गइसकेका छन् । कुनै चिन्ता र भयभीय नहुन दैलेखवासीलाई अनुरोध गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

नागरिकता प्रमाणपत्रमा दैलेख नौमुले– ६ साविक सल्लेरी रहे पनि ती व्यक्ति दैलेख नआउने र उनी सुर्खेतस्थित क्वारेन्टाइनमा रहेको बुझिएको छ ।कट्टेलले सबै ढुक्क र निश्चिन्त हुनुहोस् दैलेखमा कुनै समस्या छैन। यस्ता र भ्रमित र हतोत्साहित हुने खालका खबर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने समेत जानकारी लिएका छन् ।

प्रतिकृया