• २९ भदौ २०८३, सोमबार
  • १२ः०८ राती

दक्षिण एसियामा कोरोनाबाट २७ जनाको मृत्यु, दुई हजार संक्रमित

प्रकाशित मिति

२०७६ चैत्र १३ गते, बिहीबार १२:१४

काठमाडौं । दक्षिण एसियामा कोरोना (कोभिड १९) भाइरसबाट २७ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाली देश मध्ये भारतमा सबै भन्दा धेरै १२ जनाको ज्यान गएको छ । त्यस्तै, पाकिस्तानमा ८, बंगलादेशमा ५ र अफगानिस्तानमा २ जनाको ज्यान गएको छ ।

National Life

बिहीबार विहानसम्म दक्षिण एसियामा संक्रमितको संख्या करिब हजार पुगेको छ । सबैभन्दा बढी पाकिस्तानमा १ हजार ६३ संक्रमित छन् । उनीहरू मध्ये २१ जना निको भइसकेका छन् । भने पाँच जना सिकिस्त विरामी भएका छन् ।

भारतमा ६६४, श्रीलंकामा १०२, अफगानिस्तानमा ८४ र बंगलादेशमा ३९ जनामा यो भाइरस भेटिएको छ । माल्दिभ्समा १३, नेपालमा ३ र भुटानमा पनि २ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया