• ७ असोज २०८३, बुधबार
  • ११ः०७ बिहान

निःशुल्क ह्याण्ड सेनिटाईजर तथा मास्क वितरण

प्रकाशित मिति

२०७६ चैत्र १० गते, सोमबार ०२:००

मोरङ, समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–१६ जोगवनी सिमा क्षेत्रमा आइतबार निःशुल्क ह्याण्ड सेनिटाईजर तथा मास्क वितरण गरेको छ ।

National Life

नोवेल कोरोना भाईरस (कोभिड–१९) को रोकथामका लागि जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका युवा अभियान्तासँग सहकार्य गरी सीमा क्षेत्रमा आवतजावत गर्ने करिब ३ सय भन्दा बढि सर्वसाधारणलाई निःशुल्क ह्याण्ड सेनिटाईजर तथा मास्क वितरण गरेको हो ।

वितरण कार्यक्रमबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले नोवेल कोरोना भाईरसले विश्वब्यापी महामारीको रूपमा आक्रान्त पारेको अवस्थामा प्रहरी र नागरिकलाई संक्रमणबाट बचाउन समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत अभियान सुरु गरी उक्त सामाग्री वितरण गरिएको बताए । कोरोना भाईरस बिरूद्ध लड्न एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा युवा अभियान्ता पेरिस सुवेदी, स्थानीय जनप्रतिनिधि, प्रहरी कर्मचारी, सुरक्षा निकायका कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया