शेयर कारोबार पनि बन्द गर्नुपर्ने लगानीकर्ताहरूले माग
प्रकाशित मिति
२०७६ चैत्र ६ गते, बिहीबार ०३:३०
काठमाडौं, लगानीकर्ताहरुले शेयर बजारको कारोबार रोक्न धितोपत्र बोर्डलाई अनुरोध गरेका छन्। आज एक विज्ञप्ति सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमणबाट बच्नको लागि कारोबार बन्द गर्न अनुरोध गरेका हुन्। लगानीकर्ताहरुको समूह नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानिकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानिकर्ता संघ र नेपाल पुँजीबजार संघले संयुक्त रूपमा यस्तो माग गरेका हुन्।
लगानीकर्ताहरुको चार समूहका प्रतिनिधहरुले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, “विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस नेपालमा संक्रमण हुन नदिन भीडभाड कम गर्नका लागि शेयर कारोबार बन्द गर्नुपछ।”
शेयर कारोबार गर्दा ब्रोकर कम्पनीमा लगानीकर्ताहरु जम्मा हुनुपर्ने र त्यसरी जम्मा हुँदा भाइरस सर्न सक्ने लगानीकर्ताहरुको भनाई छ। “५ चैतमा सरकारले गरेको निर्णयअनुसार एक स्थानमा २५ जनाभन्दा बढी जम्मा हुन पाँइदैन”, विज्ञप्तीमा भनिएको छ, “स्कुल कलेज जस्ता निकायहरू बन्द गर्ने सरकारको निर्णयलाई आत्मसाथ गर्दै शेयर कारोबार पनि बन्द गर्न अनुरोध गदर्छौ।”






प्रतिकृया