• ७ असोज २०८३, बुधबार
  • १०ः१६ बिहान

समृद्ध नेपालको अभियान सफल पार्न सबैको सहयोग आवश्यक: मन्त्री नेम्वाङ

प्रकाशित मिति

२०७६ चैत्र ४ गते, मंगलवार १२:०७

भक्तपुर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

National Life

सङ्घीय सरकारको चार करोड ५० लाख रुपैयाँको लागतमा चाँगुनारायण नगरपालिका– ३ झौखेलमा निर्माण सम्पन्न भएको पक्की कालोपत्र सडकको सोमबार अनुगमन एवं उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीले देखेको देश विकासको सपना हामी सबैले पूरा गर्छौ भन्दै यसका लागि गाउँ–गाउँबाट सबैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो ।

देशको विकास गर्ने जिम्मेवारी सरकारले पूरा गर्ने उल्लेख गर्दै मन्त्री नेम्वाङले भन्नुभयो, “देशको विकासको जिम्मेवारी सरकारले पूरा गर्नेछ, भक्तपुरको विकास गर्ने जिम्मेवारी महेश बस्नेतले पूरा गर्नु हुनेछ, मैले त उनको अभियानमा इँटा थप्ने मात्रै हो, सहयोग गर्ने मात्रै हो, तपाईको जिल्लाले होनाहार नेता पाएको छ, भक्तपुर विकास हुन्छ, ढुक्क हुनुहोस् ।”

Classic Tech Mobile
Classic Tech Desktop

जडीबुटी कोटेश्वर नाकामा दैनिक हुने जामलाई हटाउन चार लेन अस्थायी सडक निर्माण गर्न ठेक्का गरिसकेको बताउँदै उहाँले भन्नुभयो, “कोटेश्वरमा स्थायी रुपमा एयरपोर्टबाट अन्डरपास निकालेर जडीबुटी जोड्नुपर्छ, त्यसको प्रारम्भिक काम शुरु भएको छ, जाइकाले अध्ययन शुरु गरेको छ, तीन वर्षमा यो काम सक्ने लक्ष्य लिएका छौं ।”

अबका तीन वर्षमा चाँगुनारायण उत्कृष्ट शहर बन्नेः सांसद बस्नेत

कार्यक्रममा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले चाँगुनारायणका प्रत्येक वडामा जाने सडक कालोपत्र गर्ने अभियान शुरु भएको उल्लेख गर्दै अबका तीन वर्षमा चाँगुनारायण उत्कृष्ट शहर बन्ने जिकिर गर्दै भन्नुभयो, “एक लाख रोपनी जग्गामा स्मार्ट सिटी यही बन्दैछ, ७०० रोपनीमा वीर अस्पताल बन्दैछ, चाँगुनारायण इञ्जिनियरिङ कलेज नगरपालिकाले चलाउदैछ, झौखेल चाँगुको ज्योर्तिलिङ्गेश्वरमा रु नौ करोडको बजेटमा सडक कालोपत्र हुदैछ”,थप्दै बस्नेतले भन्नुभयो, “रातो किताबमा भर्खरै २० सडकका योजना थप गरेका छौं, करिब रु ४५ करोड अर्थमन्त्रालयबाट थप गरेर ल्याउन सफल भएका छौं ।”

प्रतिकृया