• २३ भदौ २०८३, मंगलबार
  • १ः५१ राती

गाँउमा पहिलो पटक गाडी पुगेपछि बिहेमा जस्तै बाजागाजा र फुलमालाले स्वागत

प्रकाशित मिति

२०७६ चैत्र १ गते, शनिबार ०३:५३

अछाम । घर घरमा ढोका बन्द गरेर । के विद्यार्थी, के बृद्ध बृद्धा के महिला, के बालबालिका सबै गाँउलेको भीड । कसैले अवीर र माला बोकेका अनि व्यवस्थित स्थानीय परम्परागत संस्कृति अनुसारका बाजागाजा । यो दृष्य कुनै बिबाहको भने हैन ।

National Life

यो त अछामको मंगलसेन नगरपालिका वडा नं १३ को दुर्गम क्षेत्रमा बस्ती गाँँउमा बल्ल बल्ल गाडी पुगे पछि स्वागतका लागि उर्लिएका गाँउलेहरुको भीड हो ।

२१ औं शताव्दीको यो समय सम्म आईपुग्दा पनि गाडी र यातायातकै अभावमा अझै कष्टकर जीवन र कतिपय अवस्थामा विरामी हुदाँ समेत यातायातको सुविधा नुहँदा बाटोमै प्राण त्याग्नु पर्ने बाध्यता भोगिरहेको बस्तीमा पहिलो पटक गाडी पुगे पछि सर्वसाधारण खुसीले स्वागतका लागि भेला भएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलसेनबाट पिठिपन्ना बस्ती हुदै लोडेघाट पुग्ने गरी नगरपालिकाको २ करोड बजेटमा निर्माण भएको बाटो पछि पहिलो पटक सो गाँउमा गाडी पुगेपछि हर्षित थिए गाँउले । पञ्चेवाजा सहित घर घर बाट गाँउलेहरु बाख्रा बस्तु थलैमा घाँसपात गरेर ढोका थुनेर गाडीको स्वागतका लागि जम्मा भएका थिए । मेयर पदम बोहरा र उपमेयर सरीता उपाध्याय सहितको टोली गाडीमा त्यस गाँउमा पुगेपछि स्वागत गरिएको थियो ।

हाल निर्माण भईरहेको त्यस सडक लोडेघाट पुगे पछि कैलाली जोडिने सेती लोकमार्गमा पुग्ने छ । त्यस पछि भने स्थानीयलाई केही सहज हुने स्थानीय व्यापारी टेकराज धामी बताउछन् ।

अझै पनि १३ नं वडा कार्यलयसम्म गाडी नपुगेको र अब करीब १५ दिन जतिमा निर्माण पूरा भई वडा कार्यलयमा गाडी पुग्ने उनले बताए । सहज यातायात र पहुँच नभएकै कारण अझै पनि दुर्गम क्षेत्रका मानिसहरु समयमै उपचार नपाएर अकालमै मृत्यु हुने गरेको छ । त्यो बस्ती गाँउले पनि केही समय अगाडी एक जना शिक्षक कर्णराज ढुंगानालाई त्यसरी नै गुमायो । उनलाई बोकेर बाटो सम्म पुर्याएर उपचारका लागि कोहलपुर लैजादै गर्दा केही समय अगाडी बाटोमै मृत्यु भएको थियो ।

त्यस पछि अझ गाँउलेहरुले गाडीको सुविधा आवस्यक ठानेका थिए । नभन्दै गाडीको बाटो पुर्याउन घर आँगनमै डोजर पुगे पछि गाँउले स्वागत गर्न घरको ढोकै बन्द गरेर निस्किए । उनीहरुलाई अब कम्तीमा भारी बाकेर बजारतिर झर्न र घर फर्किन, बिरामी हुदाँ एम्बुलेन्स पुग्ला भन्ने अपेक्षा बढेको छ ।

देशमा विकासको जति नै कुरा गरिए पनि हजारौ दुर्गम गाँउहरुमा अझै सडक र बिजुली पुग्न बाकीँ छ भने पुगेको ठाँउमा पनि गुणस्तरहीन छन् । यसमा राज्यले ध्यान दिनु पर्दछ । तस्वीरः टेक राज धामी

प्रतिकृया