• २३ भदौ २०८३, मंगलबार
  • १ः५१ राती

‘नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न सकेन’ : शेखर कोइराला

प्रकाशित मिति

२०७६ चैत्र १ गते, शनिबार ०४:०५

शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताएका छन् ।

National Life

नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न नसकेको बताएका हुन् ।

केन्द्रीय सदस्य कोइरालाले भने, ‘संसद्मा प्रतिपक्षको आवाज नै सुनिएको छैन । सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका छन्, अन्य धेरै कुरा आएको छ । सरकार त मौन हुनु स्वाभाविक नै हो । संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्ने हो तर त्यो पनि सुनिएन । लोकतन्त्रमा प्रतिपक्षको आवाज नसुनिनु डरलाग्दो विषय हो ।’

Classic Tech Mobile
Classic Tech Desktop

केन्द्रीय समितिको बैठक नबस्दा आफूहरुले पार्टीका समस्या समाधान लागि विचार राख्ने ठाउँ नै नपाएको र कांग्रेस अहिले भागबण्डामा अल्झिएर बसेको नेता कोइरालाले बताए । ‘पार्टी्भित्र कुरा गर्ने भनेको केन्द्रीय समितिभित्र कुरा गर्ने हो, केन्द्रीय समितिको बैठक नै बसेको छैन त कहाँ गएर बोल्ने ।’ उनले भने ।

तपाईँ अब पार्टी सभापतिको उम्मेदवार हो कि होइन भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता कोइरालाले भने ‘मेरो खुट्टा परालको होइन् भन्ने बुझ्नुपर्छ, अहिले स्पष्ट कसरी भनुँ, कार्यकर्ता के चाहन्छन् भनेर अहिले म त्यो बुझ्दैछु ।’

प्रतिकृया