• २५ भदौ २०८३, बिहीबार
  • १०ः४० राती

‘तिम्रो घरको वरिपरी’ को करोड भ्युज

प्रकाशित मिति

२०७६ चैत्र १ गते, शनिबार ०१:३६

पल शाह र पूजा शर्मा स्टारर फिल्म ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीतले युट्युबमा करोड भ्युज पाएको छ । पल र पूजा फिचर्ड रोमान्टिक गीतलाई दर्शकले निकै रुचाएका छन् ।

National Life

गीत हेर्नुस् :

https://youtu.be/lcSRp-y_kw0

Classic Tech Mobile
Classic Tech Desktop

यो गीत युट्युबको साथै टिकटकमा पनि हिट सावित भएको छ । हालै करोड क्लबमा प्रवेश गरेको गीतले १४ हजार भन्दा बढि कमेन्ट पाएको छ । जसमा अधिकांस सकारात्मक कमेन्ट रहेको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ ।

सुर्दशन थापाले निर्देशन गरेको फिल्ममा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायत कलाकारको अभिनय रहेको छ । पल र पूवाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइसकेका छन् ।

सौरभ लामाले छायांकन गरेको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रतिकृया